अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख नाघ्ने अनुमान

बिआरटीनेपाल २०७७ जेठ १३ गते ७:३६ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि बन्द रहेको नेपाली सुन बजारमा मूल्यले नयाँ रेकर्ड कायम भएको हो । अन्तर्राष्ट्रिय बजार प्रभावका कारण सन् २०२० पछि नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघ्ने अनुमान हुन थालेको छ ।

जेठ ९ गते शुक्रबार तोलाको ८७ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन १० गते शनिबार र ११ गते आइतबार बढेर ८७ हजार ७ सय रुपैयाँमा पुगेको थियो । सोमबार र मंगलबार ८७ हजार ५ सय रुपैयाँमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभएको छ । सन् २०२० को अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर १८ सय डलरसम्म पुग्ने अनुमान छ ।

केही दिन अगाडि मात्रै १७ सय ४३ डलरमा पुगेर सुनको मूल्यले नेपाली बजारमा तोलाको ८८ हजारमा रेकर्ड बनाएको थियो । अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ह्रास आएपछि सुनमा लगानी गर्नेको संख्या बढ्दा मूल्य बढिरहेको छ । आगामी दिनमा चीन र अमेरिकाबीचको व्यापार युद्ध बढ्ने संकेत आउँदा मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू