अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै

बिआरटीनेपाल २०७७ जेठ १२ गते २१:४३ मा प्रकाशित

ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै रहेको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा कोरोना भाइरसका कारण ८ सय ७ जनाको मृत्यु भएको छ । जुन अमेरिकाको भन्दा बढी हो ।

अमेरिकामा पछिल्लो २४ घन्टामा ६ सय २० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ल्याटिन अमेरिकन मुलुक ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ हजार ५ सय २२ पुगेको छ ।

संक्रमण दरको हिसाबले ब्राजिल विश्वकै दोस्रो प्रभावित मुलुक बनेको छ । त्यहाँ हालसम्म कोरोना भाइरसका कारण ३ लाख ७६ हजार ६ सयभन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू