अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

प्रख्यात लेखकज्यु

आचार्य प्रभा २०७७ जेठ १२ गते २१:०३ मा प्रकाशित

कविता

लाईक र कमेण्टको बथानमा
रुमलिएको कवि,
लाग्छ कालो कुहिरोभित्रको
काग जस्तै हो
उ रणभुल्लमा हुन्छ
म साँच्चै सिद्धहस्त कवि भएँ वा
म’मा के जादुई छडी छ ?
जो सबै मेरो आलोकाँचो कवितामा
धुईरो लाग्छन् ।
के साँच्चै म अब्बल लेखक नै हुँ त ?
घोरिन्छ,सोच्छ
तर ….अनायास उ कल्पनाबाट झस्किन्छ
एउटा अन्लाईन पत्रिकामा
एउटा विधाको रचना दिएको
अर्को विधाको गणनामा परेछ
धेरै लाईक र कमेन्टको उस्तै धुईरो थियो
तर अन्त्यको प्रतिकृयामा यस्तो लेखिएको थियो
माफी चाहेँ निरशजनक प्रतिक्रिया दिन पुगेकोमा
यहाँको रचना उक्त विधामा पर्न सकेन
म कसरी लाईकको चिन्ह थिचुं?
अनि …..प्रशंसाको फूल बुट्टा भरूँ ?
अँ ….ह!म झुटो प्रशंसा बाँड्न असमर्थ छु
प्रख्यात लेखकज्यु!!!!!