अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

जापानमा घोषणा गरिएको राष्ट्रीय आपातकाल हटाइयो

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:४० मा प्रकाशित

जापानमा घोषणा गरिएको राष्ट्रीय आपातकाल हटाइएको छ । जापानका प्रधानमन्त्री सिन्जोआबेले मुलुकका अधिकांश भागमा लगाइएको राष्ट्रीय आपातकाल हटाइएको घोषणा गर्नुभएको छ । साथै उहाँले विभिन्न राज्यमा जारी लकडाउनमा पनि छुट दिने घोषणा गर्नुभएको छ ।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि मुलुकमा लकडाउन जारी गर्ने निर्णय सहित भएको भन्दै यसले देशमा कोरोनाले महामारीको रुप लिन नसकेको उल्लेख गर्नुभयो ।

जापानमा हालसम्म कोरोना भाइरसका कारण १६ हजार ५ सय ५० जना संक्रमित भएका छन् भने भने ८ सय २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू