अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

५० हजार रुपैयाँसम्मको बीमामा कर छुटको व्यवस्था गर्न बीमा समितिको सुझाव

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:३९ मा प्रकाशित

५० हजार रुपैयाँसम्मको जीवन बीमामा कर छुटको व्यवस्था गर्न बीमा समितिले सुझाएको छ । आगामी आवको बजेटका लागि बीमा समितिले दिएको सुझावमा कर छुटको सीमा बढाउँदा नागरिकलाई बीमा गर्न प्रोत्साहन मिल्ने उल्लेख गरिएको हो ।

हाल २५ हजार रुपैयाँसम्मको जीवन बीमामा कर छुट पाइने व्यवस्था छ । यसअघि कर छुटको सीमा २० हजारबाट बढाएर २५ हजार पुर्याउँदा बीमा बढेकाले समग्रमा धेरै फाइदा पुग्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताउनुभयो ।

कर छुट पाइने भएकै कारण जीवन बीमा गर्ने संख्या बढ्ने उहाँको दावी छ । बीमामा कर छुटको सीमा बढाउँदा तत्काल राजश्व घट्ने देखिए पनि त्यसले बीमाको पहुँच र दायरा बढ्ने र यसले दीर्घकालमा अर्थतन्त्रमा ठूलो फाइदा पुग्ने विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू