अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

कोभिड–१९ का कारण विश्वभर ३ लाख ४८ हजार ३ सय ३४ बढीको मृत्यु, ५६ लाख ११ हजार ६ सय १ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:३६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ४८ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५६ लाख ११ हजार ६ सय १ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २३ लाख ८८ हजार २ सय ३५ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९९ हजार ८ सय ७, इटालीमा ३२ हजार ८ सय ७७, स्पेनमा २६ हजार ८ सय ३७ , फ्रान्समा २८ हजार ४ सय ३२ , बेलायतमा ३६ हजार ९ सय १४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ५ सय ८ , जर्मनीमा ८ हजार ४ सय ३२ , बेल्जियममा ९ हजार ३ सय ३४, ब्राजिलमा २३ हजार ५ सय २२, रसियामा ३ हजार ८ सय ७ र क्यानडामा ६ हजार ५ सय ४५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार १ सय ८७ , पाकिस्तानमा १ हजार १ सय ९७ , बंगलादेशमा ५ सय २२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय २० , श्रीलंकामा १० र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू