अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

सामाजिक सुरक्षा भत्ता ऐन २०७५ संशोधन गर्न सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:३३ मा प्रकाशित

प्रतिनिधिसभा कानुन न्याय तथा मावअधिकार समितिले सामाजिक सुरक्षा भत्ता सम्बन्धी सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आज बसेको बैठकले असहाय एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सो ऐन संशोधन गर्ने विधेयक चालु अधवेशनमा पेश गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

दुई वर्षअघि संसदबाट पारित भएको ऐनमा एक महिला भत्ता ६० वर्षपछिमात्र पाउने व्यवस्था गरिएपछि सोही ऐन कार्यन्वयन गर्न सरकारले पत्राचार गरेको थियो । सो परिपत्रको विरोध भएपछि सरकार ऐन संशोधनको तयारीमा छ । सामाजिक सुरक्षा ऐन २ वर्षअघि पारित हुँदा संसदको राज्य व्यवस्था समितिले कमजोरी गरेको सांसदहरु बताउँछन् ।

सोही कमजोरीका कारण अहिले सरकार विवादमा परेपछि ऐन सच्याउने प्रक्रिया शुरु भएको छ । संसदको यही अधिवेशनमा संशोधन विधेयक ल्याउन र सबैखाले एकल महिला तथा अपांगता भएकाहरुले पाइरहेको भत्तालाई निरन्तर दिन समितिले सरकारको ध्यानाकर्षण गराएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू