अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

मुस्लिम समुदायले घरमै नमाज पढेर इद उल फित्र पर्व मनाए

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:३२ मा प्रकाशित

मुस्लिम समुदायले आज घरमै नमाज पढेर इद उल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाएका हुन् ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।

यस वर्ष कोरोना महामारीका कारण घण्टाघरस्थित जामे मस्जिदमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित भएनन् । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल–फित्र मनाएका हुन् । यस पर्वको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू