अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

नेपालका २० वटा प्रयोगशालाबाट पिसिआर विधिबाट कोरोना परीक्षण

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:३१ मा प्रकाशित

नेपालका २० वटा प्रयोगशालाबाट पिसिआर विधिबाट कोरोनाको नमूना परीक्षण हुने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर परीक्षण प्रयोगशालाको स्थापनासँगै नेपालमा २० वटा प्रयोगशालाबाट कोरोनाको नमूना परीक्षण हुने भएको हो ।

शिक्षण अस्पतालमा कोरोना संक्रमित भए/नभएको छुट्याउनका लागि आज पिसिआर प्रयोगशालाको स्थापना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले त्रिवि शिक्षण अस्पतालको प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गर्नुभयो । नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा प्रयोगशाला सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको हो ।

अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने बताइएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको जानकारी दिनुभयो । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू