अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

नेपालमा बुधवार एकै दिन १ सय भन्दा बढीमा कोभिड–१९ को संक्रमण पुष्टि, संक्रमितको संख्या ८ सय ८६ पुग्यो

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:३० मा प्रकाशित

नेपालमा बुधबार थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय देशका ४७ जिल्लामा कोरोनाको संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्ममा एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप १ सय १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अधिकांश भारतबाट आएका मानिसहरु रहेका छन् ।

मुलुकमा बुधबारसम्म ५८ हजार २ सय ७७ जनाको पिसिआर र १ लाख २ हजार ८७ जनाको आरडिटी परीक्षण गरिएको मन्त्रालय प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । कोरोना संक्रमितमध्ये १ सय ८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको आशंकामा आजसम्म ७ हजार ३ सय ५ जना क्यारेन्टिनमा र ६ सय ९९ जना विभिन्न अस्पतालको आईसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू