अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

कोरोनाको जोखिमका कारण काठमाण्डौं उपत्यकाका सय भन्दा बढी घर सिल

बिआरटीनेपाल २०७७ जेठ ११ गते २२:११ मा प्रकाशित

कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ ।

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ । काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ । उक्त घरहरूमा बस्ने २५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

त्यस्तै, कालीमाटी प्रहरी कार्यालयका तीनवटा कोठा र कालिमाटीकै तरकारी बजारका १४ वटा सटर पनि सिल गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबाहेक अन्य कुन–कुन ठाउँमा सिल गरिएको छ भन्नेबारे स्वास्थ्य मन्त्रालयले तथ्यांक राखेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू