अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

नेपाल–भारत सीमा विवाद चर्किएको बेलामा दुवै देशका ह्याकरहरु सक्रिय

बिआरटीनेपाल २०७७ जेठ ११ गते २२:०९ मा प्रकाशित

सीमा विवादमा नेपाल र भारतमा गर्मागर्मी बहस भइरहेको समयमा नेपाल र भारतका ‘ह्याकर’हरु पनि सक्रिय बन्न थालेका छन् ।नेपाल र भारतीय ह्याकरहरु साइबर आक्रमणमा उत्रेका छन् । यो संगै साइबर आक्रमणलाई लिएर सुरक्षा चिन्ता व्यक्त गर्न थालिएको छ ।

नेपालले भारतीय अतिक्रमणमा परेको भूमि समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्शा जारी गरेपछि दुबै मुलुकमा बहस भइरहेको छ । जानकार, सञ्चारकर्मीमात्र नभई दुबै देशका ‘ह्याकर’हरु पनि यो मुद्दामा सक्रिय बन्न थालेका छन् । यहि क्रममा नेपाली साइटहरू ह्याक गर्दै आएको सतन नामाकरण गरिएको नेपाली ह्याकरले भारतीय सञ्चार माध्यम एबीपीन्युजको साइट ह्याक गरी ट्वीट गर्दै सार्वजनिक गरिदिएको थियो । यस्तै भारतीय ह्याकिर समूह ‘इण्डियन साइबर ट्रुप्स’ले पनि नेपालका केही सरकारी वेबसाइट ह्याक गरेको दावी गरेको छ । उनीहरूले ह्याकको कारण भारत र नेपालबीचकोे सीमा विवाद हो भन्ने संंकेत गर्दै नेपाललाई ‘आफ्नो नक्शा तुरुन्तै सच्याउन’ चेतावनी दिएका छन् ।

सो समूहले चार नेपाली सरकारी वेबसाइटहरूमा पनि पहुँच रहेको दाबी गरेको छ । ह्याकरहरुको आक्रमण र सहमति भइसक्दा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो यस्ता घटनामा ध्यानाकर्षण भएको र गम्भीर रुपले नियालिरहेको प्रहरीको भनाइ छ ।

नेपाली ह्याकर र भारतीय ह्याकरहरूले एक अर्कालाई चुनौती दिँदै थप साइट ह्याक गर्ने चेतावनी दिइरहेका थिए । शुक्रबार मध्याह्नतिर भारतीय ह्याकर समूह इन्डियन साइबर ट्रुप्सले नेपाली ह्याकरहरुसँग छलफल भएपछि एक अर्काको देशको साइट अब ह्याक नगर्ने सहमति बनेको उल्लेख गर्दै ट्वीट गरेका थिए ।

तत्कालको लागि यो विषय साम्य भए पनि भविष्यमा यस्तो साइबर हमलाले गम्भीर रुप लिन सक्ने विज्ञहरु बताउँछन् । सरकारले साइबर सुरक्षालाई प्राथमिकता नदिएकोले नेपाली प्रणाली कमजोर रहेको आरोप पनि लाग्दै आएको छ ।प्राविधिक रुपमा नेपालमा साइबर सुरक्षा कमजोर रहेकोमा विज्ञहरुको चिन्ता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू