अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

कोरोनाको आशंका गरिएका एक पुरूषको भरतपुर अस्पतालको आइसोलेसनमा मृत्यु

बिआरटीनेपाल २०७७ जेठ ११ गते २२:०४ मा प्रकाशित

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा एक पुरुषको ज्यान गएको छ । रामग्राम– ७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार ती पुरुषलाई लुम्बिनी अस्पतालले उपचारका लागि भरतपुर रिफर गरेको बुझिएको छ । गएराति साढे १२ बजे अस्पताल पुगेका पुरुषलाई आइसोलेसन कक्षमा राखेर उपचार गराइएको थियो ।

निमोनियाबाट ग्रसित पुरुषमा कोरोनाको आशंका गरिएको छ । २ दिन पहिले खाना खाएपछि बान्ता भएको र लगत्तै सास फेर्न गार्हाे भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए । उनको लुम्बिनीमा स्वाब परिक्षण हुँदै छ । यसैबीच, भरतपुर अस्पतालले पनि मृतक पुरूषको स्वाब परिक्षणका लागि पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू