अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

कांग्रेस पदाधिकारी बैठक– संविधान संशोधनका विषयमा केन्द्रीय समितिले निर्णय गर्ने

बिआरटीनेपाल २०७७ जेठ ११ गते २२:०४ मा प्रकाशित

नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव र मधेसवादी दलहरुको उठाउँदै आएको सविधान संशोधनको मागका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले यसको लागि चाँडै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठक लिपुलेक लगायतका समस्य समाधान गर्न उच्चस्तरीय वार्ता गर्नु पर्ने दोहोर्याएको छ । समाजवादी र राजपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई शनिबार उनकै निवासमा भेट गरी संविधान संशोधनका क्रममा आफुहरुले उठाउँदै आएका मागलाई पनि समावेश गर्नु पर्ने माग राखेका थिए ।

त्यसैगरी बैठकले कोरोना नियन्त्रणका लागि पीसीआर प्रविधिको दायरा बढाउनु पर्ने, भारतबाट नेपाल आउन चाहने नेपालीलाई क्वारेन्टाईनको उचित व्यवस्था गर्नु पर्ने, एकल महिलालाई दिइँदै आएको भत्ता नरोक्न समेत सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू