अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने

बिआरटीनेपाल २०७७ जेठ ११ गते ७:३४ मा प्रकाशित

बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकको निर्णय अनुसार सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्न लागिएको भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले नरैनापुरमा विशेषज्ञ चिकित्सकसहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ ।

नरैनापुरमा एक जना मृतकसहित एक सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको हो । नरैनापुरमा सुरक्षामा खटिएका एक जना प्रहरी जवानमा समेत सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू