अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

चौतर्फी विवादपछि नायिका वर्षा राउतले भनिन्– “बोल्दै जाँदा गल्ती भयो, अब हेक्का राख्छु”

बिआरटीनेपाल २०७७ जेठ ११ गते ७:३६ मा प्रकाशित

केही दिनयता सामाजिक सञ्जालमा नेपालको नयाँ नक्सा प्रकाशित गरेको खबरलाई लिएर राजनीतिज्ञदेखि कलाकार र सर्वसाधरणले पनि प्रतिक्रिया दिइरहेका छन् । विशेषगरी भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सीमा विवादबारे अतिरञ्जित बनाउने काम गरेको भन्दै नेपालमा मात्र नभइ केही भारतीय नागरिकले पनि आलोचना गरिरहेका छन् ।

यही क्रममा अभिनेत्री वर्षा राउत पनि आफ्नो बयानका कारण विवादमा तानिएकी थिइन् तर अहिले उनले माफी माग्दै आउँदा दिनमा यस्तो गल्ती नगर्ने बताएकी छिन् । उनले आफू अलि भावुक स्वभावको रहेको र बोल्दै जाँदा जिब्रो चिप्लिएको प्रतिक्रिया दिएकी छिन् ।

यसअघि एउटा अन्तर्वातामा उनले सीमा विवादलाई लिएर एकआपसमा लडेर काम नभएको र उक्त बिषय टेबल टक गरेर सुल्झ्याउने विषय रहेको बताएकी थिईन् । उनले सीमा विवादको बिषय र भईरहेका पछिल्ला टिप्पणीले आफ्ना भारतीय साथीसँग कसरी कुरा गर्ने भन्नेबारेमा चिन्ता भइरहेको भनेकी थिईन् । राउतकोे यो भनाइको चौतर्फी विवादपछि उनले सामाजिक सञ्जालमा माफी मागेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू