अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

क्रिकेटलाई सुरक्षित राख्न आइसीसीद्वारा ‘गाइडलाइन’ सार्वजनिक

बिआरटीनेपाल २०७७ जेठ ११ गते ७:३१ मा प्रकाशित

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट पुनः सुरु गर्न ‘गाइडलाइन’ सार्वजनिक गरेको छ । कोरोना भाईरसको महामारीपछि स्थगित क्रिकेट सुरु गर्न आईसीसीले ’गाइडलाइन’ सार्वजनिक गरेको हो । आईसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रका लागि गाइडलाइन निकालेको हो । क्रिकेट पुनः सञ्चालन गर्न सदस्य राष्ट्रले आईसीसीको गाइडलाइनलाई पालना गर्नु पर्नेछ । कोरोनाको महामारीबीच सुरक्षित तरिकाले क्रिकेट खेल्न ल्याइएकोे आईसीसीले जनाएको छ । कोरोनाको कारण गत मार्चबाट विश्वभर क्रिकेट गतिविधि स्थगित भएको छ ।

गाइडलाइनमा ३ जनाको समूहमा मात्रै अभ्यास गर्नुपर्ने, सबैको परीक्षण अनिवार्य सहित विभिन्न देशमा प्रतियोगिता खेल्न जाँदा सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख छ । सेनिटाइजरको प्रयोगसहित सबै सामग्रीको उचित सरसफाई आवश्यक गरिएको छ । आईसीसीको मेडिकल एडभाइजरी कमिटीले आफ्नो सदस्य राष्ट्रको मेडिकल प्रतिनिधिसँग सल्लाह गरेर ‘आईसीसी ब्याक टु क्रिकेट गाइडलाइन्स’ नामक डकुमेन्ट तयार पारेको हो ।

आईसीसीले यो गाइडलाइन्सले क्रिकेट कहिले शुरु हुन्छ भन्ने जवाफ नदिएको र कोभिड १९ को संकटका बेला जोखिम कम गरेर कसरी क्रिकेट शुरु गर्न सकिन्छ भने सैद्धान्तिक सुझाव दिएको जनाएको छ । आईसीसीले सुरक्षा पहिलो प्राथमिकता रहेको र सबैले सरकारको निर्देशन पालना गर्नुपर्ने समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू