अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

कोभिड–१९ का कारण विश्वभर ३ लाख ४४ हजार ४ सय बढीको मृत्यु, ५४ लाख २८ हजार ५ सय संक्रमित

बिआरटीनेपाल २०७७ जेठ ११ गते ७:३० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ४४ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५४ लाख २८ हजार ५ सय १८ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २२ लाख ५९ हजार ८ सय ९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९८ हजार ६ सय ८३ , इटालीमा ३२ हजार ७ सय ३५, स्पेनमा २८ हजार ६ सय ७८ , फ्रान्समा २८ हजार ३ सय ३२, बेलायतमा ३६ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ४ सय १७ , जर्मनीमा ८ हजार ३ सय ६६ , बेल्जियममा ९ हजार २ सय ८०, ब्राजिलमा २२ हजार १ सय ६५, रसियामा ३ हजार ५ सय ४१ र क्यानडामा ६ हजार ३ सय ५५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ३ हजार ८ सय ९९ , पाकिस्तानमा १ हजार १ सय ३३ , बंगलादेशमा ४ सय ८० जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय १८ , श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २४ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू