अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन शुरु

बिआरटीनेपाल २०७७ जेठ ११ गते ७:२४ मा प्रकाशित

गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि शुरु भएको छ । अधिवेशनको शरुमा प्रदेश सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाको अधिवेशन आव्हान सम्बन्धि प्रदेश प्रमुखको पत्र वाचन गर्नुभएको थियो । यो अधिवेशनले आगामि आर्थिक बर्ष २०७७ /७८ का लागि गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ ।

प्रदेश प्रमुखले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम १३ गतेका लागि तोकिएको छ । कोरोना भाइरस(कोभिड–१९)को संक्रमणका कारण प्रदेश सभाले नयाँ कार्यक्रम भन्दा पनि कोरोना रोकथाम र नियन्त्रणमा नीति तथा कार्यक्रम र बजेट केन्द्रित गर्ने तयारी गरेको बताईएको छ ।

कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण प्रदेशसभा भवन नदिपुरमा संसद बैठक बस्न असम्भव भएपछि पोखरा सभागृहमा प्रदेशको संसद अधिवेशन संचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू