अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

काठमाण्डौं डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप, केही घाईते

बिआरटीनेपाल २०७७ जेठ १० गते २२:१९ मा प्रकाशित

काठमाण्डौं डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारको क्यान्टिनले सामान दिन छाडेपछि कैदीबन्दीबीच झडप भएको हो । आइतबार विहान डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप हुँदा केही कैदी घाइते समेत भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले कारागार सिल गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार कारागारको क्यान्टिनले सामान दिन छाडेको विषयमा झडप भएको र अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।

कैदीबन्दीबीच झडप हुँदा कारगारभित्रका सबै सामान तोडफोड भएका छन्। लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारका प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाले बताउनुभयो । स्थिति थप भड्किलो नहोस भन्नका लागि अहिले सयौंको संख्याका प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू