अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि सयभन्दा कमको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ १० गते २२:०५ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि पहिलो पटक कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सयभन्दा कममा ओर्लिएको छ ।अमेरिकाको कोरोना इपिसेन्टर बनेको न्यूयोर्कमा मार्च महिनापछि पहिलो पटक कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको त्यहाँका गभर्नरले जनाएका हुन् ।न्यूयोर्कका गभर्नर एन्ड्रु कूमाले पछिल्लो २४ घण्टामा ८४ जनाको मात्र मृत्यु भएको जानकारी दिनुभएको छ ।

अमेरिकाभरमै सर्वाधिक प्रभावित राज्य न्यूयोर्कमा अप्रिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोनाभाइरसका संक्रमित पनि कम हुँदै गएको जनाइएको छ । अमेरिकामा अहिलेसम्म साढे ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १६ लाख ६६ हजारभन्दा बढी संक्रमित छन् ।

प्रतिक्रिया