अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

ईदको सार्वजनिक बिदा सरकारले सच्यायो, बिदा आज होइन भोलि

बिआरटीनेपाल २०७७ जेठ १० गते २२:०५ मा प्रकाशित

मुस्लिम समुदायको महान पर्व ईद अल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको छ । सरकारले यसअघि जेठ ११ गते अर्थात आइतबारका लागि इदको बिदा दिने घोषणा गरेको थियो ।

तर ईद पर्व सोमबार मनाइने भएकाले गृह मन्त्रालयले सूचना निकालेर बिदा सच्याएको हो । मन्त्रीपरिषदले आइतबारका लागि बिदा दिने गरी गरेको निर्णय सच्याउँदै सो बिदा सोमबार (जेठ १२ गते) दिइने गृह मन्त्रालयले सूचना निकालेर जानकारी दिएको हो ।

मन्त्रीपरिषदको निर्णयपछि गृह मन्त्रालयले ११ गते सार्वजनिक बिदा दिने भनी निकालेको सूचना शनिबार राति सच्याएर अर्को सूचना निकालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू