अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

पशुपतिको विद्युतीय शव दाह गृह आजदेखि खुल्ने

बिआरटीनेपाल २०७७ जेठ १० गते २२:०२ मा प्रकाशित

पशुपतिमा रहेको विद्युतीय शव दाह गृह आजदेखि खुल्ने भएको छ ।कोरोना सङ्क्रमण पुष्टि भएकी सिन्धुपाल्चोककी महिलाको शव जलाएपछि बन्द भएको शव दाहगृह आजदेखि फेरि खोल्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार अरुमा सङ्क्रमण नफैलियोस् भनेर केही समय शवदाह गृह बन्द गरिएको थियो ।

यस्तै, कोषले पशुपति क्षेत्रमा रहेको किरियापुत्री घरमा नयाँ भर्ना लिन छोडेको छ । थप सतर्कता अपनाएर केही दिनमा किरियापुत्री घर खोल्ने निर्णय भए पनि कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने कार्यकारी निर्देशक खतिवडाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू