अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

काठमाण्डौं नयाँ बानेश्वरका तीन घर सिल

बिआरटीनेपाल २०७७ जेठ १० गते २२:०१ मा प्रकाशित

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी बस्ने घरसहित काठमाण्डौ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।सङ्क्रमित प्रहरी नयाँ बानेश्वरमा रहेको भरोसा अस्पताल पछाडि बस्ने भएकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिनुभयो । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ ।

ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उहाँले बताउनुभयो ।सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न जारी लकडाउनका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू