अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

ईजरायलका लागि नेपाली राजदूत अञ्जन शाक्य ‘एम्बेसडर अफ इयर २०१९–२०२०’ बाट सम्मानित

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:५० मा प्रकाशित

ईजरायलका लागि नेपाली राजदूत अञ्जन शाक्य ‘एम्बेसडर अफ इयर २०१९–२०२०’ बाट सम्मानित हुनुभएको छ । एम्बेसडर क्लब अफ इजरायलले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा शाक्यलाई तेल अबिब मा सम्मान गरेको हो ।

इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो । एम्बेसडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनितिक नियोगहरु मध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले शाक्यको पक्षमा मत जाहेर गरेको हुनाले सम्मान गरिएको जनाएको छ ।

सो सम्मानका क्रममा अन्य ३ बिधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ। उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एशियाकै पहिलो राजदूत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू