अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अद्यावधिक नक्सा हस्तान्तरण

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:३३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शनिबार अध्यक्ष प्रचण्डलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा हस्तान्तरण गर्नुभयो ।

मन्त्री अर्यालले प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गर्नुभएको हो । सो अवसरमा प्रचण्डले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनुभयो ।

मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पस्ट पार्नुभएको थियो । सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशकलगायतको उपस्थिति रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू