अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

पोखरामा पूर्वयुवराज पारस चढेको गाडी दुर्घटना, चालक प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:३३ मा प्रकाशित

पोखरामा पुर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रवार मध्यराति उहाको गाडी दुर्घटनामा परेको हो । छातिमा असजिलो पीडा भएपछि शाहलाई उपचारका लागि पश्चिमाञ्चल षेत्रीय अस्पताल लैजाने क्रममा पोखराको पृथ्वीचोकमा गाडी दुर्घटनामा परेको बताईएको छ ।

शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा बाच्छालाई ठक्कर दिंदा सो दुर्घटना भएको बुझिएको छ । गाडीको ठक्करले बाच्छा मरेको छ। दुर्घटनापछि प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडीलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच, अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै फिर्ता पठाएको छ । पूर्वयुवराज पारस झण्डै ९ महिनादेखि पोखरामा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू