अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री अनुपस्थित, एमसिसीलगायतका विषयमा छलफल

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:३० मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा सरकारले ल्याउने बजेट र एमसीसी परियोजनावारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भने अनुपस्थित रहेको बताईएको छ । स्वास्थ्यमा समस्या भएपछि उहाँ बैठकमा नजानुभएको नेकपा श्रोतले जनाएको छ ।
सचिवालय बैठक बस्नु अगाडि सचिवालयका नेताहरुले स्थायी समिति सदस्य भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टलाई भेटेका थिए।

नेकपाले यसअघि, वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो। कार्यदलमा रावल र ज्ञवाली सदस्य हुनुहुन्छ । कार्यदलले यथास्थितीमा एमसीसी पारित गर्न नहुने निश्कर्ष निकालेको थियो । त्यसलगत्तै आज सचिवालय बैठक बसेको हो।

प्रधानमन्त्रीको अनुपस्थितिमा दुबै बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको हो । सरकारले यसपटकको नीति तथा कार्यक्रममा पनि एमसीसीका योजनालाई समावेश गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू