अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको ४ महिना पूरा

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:२९ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको आज ४ महिना पूरा भएको छ । २०७६ साल माघ १० गते चीनको वुहानबाट आएका विद्यार्थीमा पहिलो सङ्क्रमण फेला परेको थियो । मुलुकलाई लकडाउन अर्थात् बन्दाबन्दीमा राखेकै पनि दुई महिना पुगेको छ । बन्दाबन्दीका कारण मानिसहरूको जीवन थप अफ्ठेरो हुँदै गएको छ ।

देशमा कोरोना भाइरस सुरु भएको चार महिनामा देशमा तीनजना व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ । यो अवधिमा ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सरकारले पछिल्लो समय पीसीआर परीक्षण बढाएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ ।

४२ हजारभन्दा धेरै व्यक्तिको पीसीआर परीक्षण भएको छ भने दु्रत अर्थात् आरडिटी परीक्षण भने ८२ हजारभन्दा बढीको गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू