अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

यसपटकको बजेट कृषि र स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ आउने

बिआरटीनेपाल २०७७ जेठ ९ गते २२:०७ मा प्रकाशित

अबको ५ दिन पछि अर्थात् जेठ १५ गते सार्वजनिक हुने बजेट लगभग तयार भएको छ । मन्त्रालयहरूले छुटेका र थप्नैपर्ने महत्वपूर्ण योजना, आयोजनाहरु समेट्ने काम गरिरहेका छन् । यसपटकको बजेट कृषि र स्वास्थ्य क्षेत्रमा प्राथामिकताका साथ आउने भएको छ ।

यसपटक कृषि क्षेत्रमा ४ लाख नयाँ रोजगारीको अवसर सृजना गर्ने गरी बजेट विनियोजन गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो ।

यसपटक कृषि क्षेत्रका लागि ३१ अर्बभन्दा बढी बजेट विनियोजन हुने मन्त्री भुसालको भनाइ छ । विदेशबाट फर्किने र स्वदेशमै रहेका लाखौँ नेपाली युवाहरु व्यावसायिक कृषि खेतीमा जोडिन चाहेका छन्, उनीहरुलाइ समेट्ने गरी बजेट तयार पारेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू