अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

‘एन्फा’ले ‘राखेप’लाई ‘ए’ डिभिजन लिग फुटबलको प्रतिवेदन बुझायो

बिआरटीनेपाल २०७७ जेठ ९ गते २१:५७ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको प्राविधिक प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई बुझाएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई प्राविधिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

गत फागुन ३ गते ‘ए’ डिभिजन लिग सकिएकामा त्यसको तीन महिनापछि ८० पृष्ठ लामो प्रतिवेदन राखेपलाई बुझाइएको हो । प्रतिवेदनमा पछिल्लो लिगका सबै गतिविधि समेटिएको छ ।त्यसभित्र सहभागी क्लब, लिगको विजेता, खेलाडीको नामावली, पाएका कार्डहरु, पुरस्कारलगायत समेटिएका छन् ।

त्यस्तै, विजेताको नाम, लिगमा भएका सबै गतिविधि, पहेँलो कार्ड, रातो कार्डलगायतको जानकारी रहेको एन्फाले जनाएको छ । त्यसैगरी, पृष्ठभूमिमा एन्फासँगै ‘ए’ डिभिजन लिगको इतिहास तथा अन्तर्रा्ष्ट्रिय मान्यता पाएको तिथिमितिसमेत उल्लेख गरिएको छ । यसपटक लिगको उपाधि मच्छिन्द्र क्लबले जित्दा त्रिभुवन आर्मी क्लब उपविजेता बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू