अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर ३ लाख ३५ हजार १ सय बढीको मृत्यु, २० लाख ९७ हजार ४ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ जेठ ९ गते ७:२१ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ३५ हजार १ सय ६२ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५२ लाख २० हजार ७ सय ७२ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २० लाख ९७ हजार ४ सय २ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९६ हजार ३ सय ६३ , इटालीमा ३२ हजार ४ सय ८६, स्पेनमा २७ हजार ९ सय ४० , फ्रान्समा २८ हजार २ सय १५, बेलायतमा ३६ हजार ४२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ३ सय , जर्मनीमा ८ हजार ३ सय १६ , बेल्जियममा ९ हजार २ सय १२, ब्राजिलमा २० हजार १ सय १२, रसियामा ३ हजार २ सय ४९ र क्यानडामा ६ हजार १ सय ५२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ३ हजार ६ सय , पाकिस्तानमा १ हजार ६७ , बंगलादेशमा ४ सय ३२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय ५ , श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू