अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

पाकिस्तानमा ’१०७’ जना सवार विमान दुर्घटना, यात्रुको जीवितै उद्धारको संभावना कम

बिआरटीनेपाल २०७७ जेठ ९ गते ७:२० मा प्रकाशित

पाकिस्तानमा एक यात्रुबाहक विमान दुर्घटना भएको छ । कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । पाकिस्तानको राष्ट्रिय एअरलाइन्स कम्पनी ‘पीआईए’को विमान दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ । दुर्घटनामा परेकाहरुको स्थितिबारे कुनै सूचना सार्वजनिक गरिएको छैन । विमानमा ९९ जना यात्री र चालकदलका ८ सदस्य रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार दिउँसो लाहोरबाट उडान भरेको एअरबस ‘ए–३२० पीके ८३०३’ अवतरणअघि एअरपोर्टनजिक एक ‘मोडल कोलोनी’मा खसेको जनाइएको छ । कोलनीका केही घरहरुमा समेत आगलागी भएको छ । केही सवारी–साधनहरु पनि जलेको देखिएको छ ।

विमानमा सवारहरुको जीवितै उद्धारको सम्भावना कम भएको पनि बताइएको छ । त्यसैगरी, घरका केही मानिससमेत हताहती भएको हुनसक्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू