अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

जनता समाजवादी पार्टीमा बरिष्ठ नेता ठाकुरलाई अध्यक्ष बनाउने समझदारी

बिआरटीनेपाल २०७७ जेठ ९ गते ७:१९ मा प्रकाशित

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपाबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीमा वरिष्ठ नेता महन्थ ठाकुरलाई अध्यक्ष बनाउने समझदारी जुटेको छ । वैशाख १० मा एकीकरण भएर नयाँ नाम जुराइएको यो दलमा पदीय भागबण्डा नमिल्दा एक महिनापछि मात्रै नेतृत्वको जिम्मेवारी टुंगो लागेको हो ।

कार्यकारी पदका लागि नेताबीच समझदारी हुन नसक्दा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता समेत हुन सकेको थिएन । पछिल्लोपटक कार्यकारी पद कसले लिने भन्नेमा समाजवादीका केन्द्रीय कार्यकारणी समितिका अध्यक्ष उपेन्द्र यादव र राजपा नेता राजेन्द्र महतो बीचको टकराव बढेको थियो ।

राजपा केन्द्रीय कार्यालय बबरमहलमा बसेको दुवै पक्षका शीर्ष नेतृत्वबीचको छलफलमा यादव र अर्का नेता बाबुराम भट्टराईले ठाकुरको नेतृत्वमा केन्द्रीय कार्यसमिति गठनको प्रस्ताव गर्नुभएको बुझिएको छ । केन्द्रीय कार्यसमितिको नेतृत्व ठाकुरले गर्नेमा समझदारी भए पनि केन्द्रीय कार्यकारिणी पदाधिकारी र राजनीतिक समितिको नेतृत्वको विषय भने अझै नमिलेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू