अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

नेकपा सचिवालय बैठक– “पार्टीमा छलफल गरेर मात्रै एमसिसी अगाडि बढ्छ” – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ जेठ ९ गते ७:०९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी परियोजनालाई पार्टीमा छलफल गरेरमात्रै अगाडि बढाइने बताउनुभएको छ । शनिबार नेकपा सचिवालय सदस्य, एमसिसी कार्यदलका सदस्य र यसबारेमा अध्ययन गरेका नेकपा नेताहरूबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

बैठकमा बोल्ने स्थायी समित सदस्यहरूले स्थायी कमिटीको बैठकमा एमसिसीबारे छलफल हुनुपर्ने धारणा राखेका थिए । एमसिसी कार्यदलमा रहेका परराष्ट्रमन्त्री एवम् स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सम्झौताको विश्वसनीयताका लागि पनि अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।

नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो। कार्यदलमा रावल र ज्ञवाली सदस्य रहनुभएको थियो । कार्यदलले यथास्थितीमा एमसीसी पारित गर्न नहुने निश्कर्ष निकालेको थियो। आजको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू