अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

अमेरिका ‘खुला आकास सन्धी’बाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणा

बिआरटीनेपाल २०७७ जेठ ८ गते २२:०८ मा प्रकाशित

अमेरिकाले हतियार नियन्त्रण सम्बन्धी महत्वपूर्ण मानिएको ‘खुला आकास सन्धी’बाट बाहिरिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ओपन स्काइज ट्रिटी’ अर्थात खुला आकाश सन्धिबाट बाहिरिने घोषणा गर्नुभएको हो ।

यो सन्धि सन् २००२ को जनवरीदेखि कार्यान्वयमा थियो । गोपनियता वृद्धि तथा कुनै पनि खालका आक्रमणविरुद्धको आश्वासन बढाउने उद्देश्यसहित यो सन्धि गरिएको थियो ।यसलाई विश्वका रुस, क्यानडा, बेलायतसहित ३५ देशले अनुमोदन गरेका थिए । अमेरिका बाहिरिने भएपछि यो सन्धीको भविष्यमाथि नैं चिन्ता गरिएको छ ।

उच्च अधिकारीहरुका अनुसार अमेरिका यो सन्धिबाट ६ महिनाभित्र औपचारिक रुपमा बाहिरिने छ । रुसले सन्धिका शर्तहरुको लगातार उल्लंघन गरेको आरोप अमेरिकाको छ । रुसको विदेश मन्त्रालयले भने आफ्नो तर्फबाट सन्धि उल्लंघन नभएको र अमेरिका यसबाट बाहिरिनु अति खेदजनक रहेको बताएको छ । यो सन्धीले गैरसैनिक उडान तथा आकाशमा स्वतन्त्र अनुगमनको लागि मार्ग प्रशस्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू