अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर ३ लाख ३४ हजार ६ सय बढीको मृत्यु, २० लाख ८० हजार ९ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ जेठ ८ गते २१:५८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ३४ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५१ लाख ९४ हजार २ सय १० जना संक्रमित भएका छन् । कोरोना संक्रमित २० लाख ८० हजार ९ सय ६६ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९६ हजार ३ सय ५४ , इटालीमा ३२ हजार ४ सय ८६, स्पेनमा २७ हजार ९ सय ४० , फ्रान्समा २८ हजार २ सय १५, बेलायतमा ३६ हजार ४२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार २ सय ४९, जर्मनीमा ८ हजार ३ सय ९ , बेल्जियममा ९ हजार १ सय ८६, ब्राजिलमा २० हजार ८२, रसियामा ३ हजार ९९ र क्यानडामा ६ हजार १ सय ५२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ३ हजार ५ सय ८४ , पाकिस्तानमा १ हजार १७ , बंगलादेशमा ४ सय ८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ९३, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू