अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 14:34

कपिलवस्तुमा पोखरीमा डुबेर जुम्ल्याहा दाजुभाइको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ ८ गते २१:५७ मा प्रकाशित

कपिलवस्तुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ का दुई बालकको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय करिम शेखका जुम्ल्याहा अढाई वर्षीय छोरा नतिस शेख र रेहान शेख रहेको प्रहरीले जनाएको छ ।घरबाट करिब ७० मिटरको दूरीमा रहेको माछा पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको कपिलवस्तु नगरपालिका–११ का वडा अध्यक्ष रामगोपाल यादवले जानकारी दिए ।

बिहीबार साँझ ५ बजे तिर घरबाट खेल्न निस्केका दाजुभाइ खेल्दाखेल्दै घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेका थिए । पोखरीमा डुबेर पानीमा तैरिएको अवस्थामा उनीहरुको शव देखेपछि छिमेकी बालबालिकाले परिवारलाई जानकारी गराएका थिए । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू