अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

श्रीलंकामा समस्यामा परेकाहरुलाई रुपैयाँ बाँड्ने क्रममा भागदौड, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ ८ गते २१:५६ मा प्रकाशित

श्रीलंकाको राजधानी कोलम्बोमा रुपैयाँ बाँड्ने क्रममा भएको भागदौडमा ३ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ८ जना घाइते भएका छन् ।एक व्यापारी आफ्नो गोदाममा कोरोना महामारीका कारण समस्यामा परेका मानिसहरुलाई रुपैयाँ बाँडिरहेका थिए । त्यस क्रममा त्यहाँ सयौँ मानिसहरु जम्मा भएका थिए ।

ती व्यापारीले आफ्नो योजनाबारे प्रशासनलाई कुनै जानकारी नदिएको प्रहरीले जनाएको छ । उनलाई रुपैयाँ बाँड्ने कार्यक्रमका लागि कुनै अनुमति नदिइएको प्रहरी दाबी छ । रुपैयाँ बाँड्ने घटनासँग जोडिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। श्रीलंकामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५५ छ भने ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू