अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

मोरङमा आफ्नै बुबाको हत्या गर्ने दुई छोरा सार्वजनिक, कर्तब्य ज्यान सम्बन्धी मुद्दा चलाइदै

बिआरटीनेपाल २०७७ जेठ ८ गते ७:४८ मा प्रकाशित

मोरङ प्रहरीले आफ्नै बुबाको हत्या गरेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । विहीवार विराटनगरमा भिडियो कन्फ्रेन्स मार्फत् पत्रकार सम्मेलन गरी मोरङ प्रहरीले आफ्नै बाबुको हत्या अभियोगमा नागेन्द्र चौहान र रोहीत चौहानलाई सार्वजनिक गरेको हो ।

विराटनगर–१४ झटियाईका ६९ वर्षका सत्यनारायण भनिने सीताराम चौहानको शनिबार राति ८ बजे मदिरा सेवन गरेर कोदालो प्रहार गरी छोराहरुले ज्यान लिएको खुलेको छ ।

यसअघि, जेठो छोरा रोहित र माइलो छोरा नगेन्द्रले बन्चरो प्रहार गरेर बाबुको ज्यान लिएर घरभित्रै खाल्डो खनेर गाडेको शवलाई प्रहरीले निकालेको थियो । उनीहरुलाई कर्तब्र्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू