अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर ३ लाख ३० हजार ३ सय बढीको मृत्यु, २० लाख ३९ हजार २ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ जेठ ८ गते ७:४४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ३० हजार ३ सय ३८ जनाको मृत्यु भएको छ । अहिले साँझ सम्मको अपडेट अनुसार कोरोनाबाट ५१ लाख १३ हजार १ सय १२ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २० लाख ३९ हजार २ सय ८८ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९४ हजार ९ सय ६३ , इटालीमा ३२ हजार ३ सय ३०, स्पेनमा २७ हजार ८ सय ८८ , फ्रान्समा २८ हजार १ सय ३२, बेलायतमा ३५ हजार ७ सय ४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार २ सय ४९, जर्मनीमा ८ हजार २ सय ७० , बेल्जियममा ९ हजार १ सय ८६, ब्राजिलमा १९ हजार ३८, रसियामा ३ हजार ९९ र क्यानडामा ६ हजार ३१ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ३ हजार ४ सय ५६ , पाकिस्तानमा १ हजार १७ , बंगलादेशमा ४ सय ८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ९३, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू