अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

बिआरटीनेपाल २०७७ जेठ ८ गते ७:३९ मा प्रकाशित

नेपाली काँग्रेसले अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सरकारले अति अशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट वञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान रहेको भन्दै काँग्रेसले सामाजिक सुरक्षा भत्ता रोक्नु कानुन र नियमविपरीत भएको बताएको छ ।

“कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो ।”– काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्तिमा भन्नुभएको छ । काँग्रेसले उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू