अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

ब्राजिलमा एकैदिन कोरोना भाइरसका २० हजार संक्रमित थपिए

बिआरटीनेपाल २०७७ जेठ ७ गते २२:१२ मा प्रकाशित

दक्षिण अमेरिकी देश ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९५१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ९१ हजार नाघेको छ । ब्राजिल विश्वमा सबैभन्दा धेरै संक्रमित हुने तेस्रो देश हो ।

भाइरसका कारण बुधबार ८८८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या १८ हजार ८ सय नाघेको छ । यसैबीच, मुलुक महामारीको नयाँ इपिसेन्टर बन्दै गएपछि राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपचारमा प्रयोग गर्न सुझाउनुभएको छ ।

कोरोनाको विषाणुमार्छ भन्ने कुनै प्रमाण नरहेको हाइड्रोक्सिक्लोरोक्वीनले उल्टै मुटुमा समस्या हुनसक्ने चेतावनी वैज्ञानिकहरुले दिए पनि बोल्सोनारोले उक्त औषधि प्रयोगमा स्वीकृति दिनुभएको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै खाइसकेको औषधि भएकाले खान उहाँको सुझाव थियो ।

कोरोनाका संक्रमित ह्वात्तै बढेपछि ब्राजिलको स्वास्थ्य सेवामा ठूलो दबाब परेकाले केही दिनमै स्वास्थ्य सेवा कोल्याप्स हुन सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू