अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

अमेरिकाका सबै राज्यमा लकडाउन खुकुलो

बिआरटीनेपाल २०७७ जेठ ७ गते २१:५७ मा प्रकाशित

कोरोना भाइरसको महामारीका कारण विगत दुई महिनादेखि लकडाउनमा रहेका अमेरिकामा सबै ५० राज्य आंशिक रुपमा खुलेका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९३ हजार भन्दा माथि पुगेको छ ।

अमेरिकामा महामारी अझै नियन्त्रणमा आएको छैन, संक्रमण तथा मृत्युदर केही कम भने भएको छ। अर्थतन्त्र ठप्प हुँदा जीविकामा समस्या भएको भन्दै धेरै राज्यमा लकडाउनविरुद्ध प्रदर्शन समेत भएको थियो। अब लकडाउन केही खुकुलो भएसँगै सीमित व्यवसायहरु सञ्चालनमा आउने छन् । तर संक्रमणको अवस्था तथा राज्यहरुको कानून अनुसार लकडाउनमा छुट राज्य अनुसार फरक रहने छ ।

सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क, न्यू जर्सी, वासिङ्गटन राज्यमा हाल संक्रमण तथा मृत्युदर अति कम भएको छ। अधिकांश राज्यहरुमा भने संक्रमण तथा मृत्युदर केही समयदेखि स्थिर रहेको छ । तर एरिजोना र नर्थ क्यारोलाइनासहितका राज्यमा अझै पनि संक्रमण बढ्दो क्रममै देखिएको छ ।

लकडाउन खुकुलो पार्न तथा त्यसपछिका लागि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले ६० पृष्ठ लामो निर्देशिका जारी गरेको छ। विद्यालयहरुमा डेस्क बेन्च ६ फिटको दूरीमा राखिनु अनिवार्य भएको छ ।

प्रतिक्रिया