अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

उखान !

पेशल आचार्य २०७७ जेठ ७ गते १५:५० मा प्रकाशित

लघुकथा

विगतमा बाजेहरू भन्थेँ –‘पढ्नु लेख्नु को नै काम, हलो जोती खायो माम ।’
युगका हिसाबले त्यो भनाइ ठिक जाँचेको थियो ।

बाजेहरू मरे । बाहरू बुढा भए ।
बाहरू भन्नुहुन्थ्यो –‘उत्तम खेती, मध्यम बेपार र निर्घिणी जागिर ’

यो भनाइमा पनि तिनताकको सामयिक बल थियो । हामी सुनेर पनि बुझ्दैनथ्यौँ ।
बाह्र वर्षमा खोलो फर्कन्छ भन्थे पिता पुर्खाहरू ।
बाह्र त होइन । शताब्दी याने एक सय वर्षमा समय पुरै पर्लक्क पल्टियो । बाहरू बुढा भए । व्यवहार हाम्रा काँधमा आयो ।

अब हामीहरू पनि कोरोना महामारीबिच भन्दैछौं –‘सबै पेसा सुत्लान् तर खेतीपातीले मानिसलाई फेरि बँचाउनेछ ।’
हिजो, आज र भोलि यी तीन वटै कालखण्डमा खेतीको अब्बल शक्ति देखेर किसानहरूका मुख एकाएक उज्यालो भएर आए ।