अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

कोरोना संक्रमित थप ८ जना अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७७ जेठ ७ गते ८:०१ मा प्रकाशित

विराटनगरस्थित कोडिभ १९ उपचार केन्द्रमा उपचाररत ८ संक्रमित कारोनामुक्त भएका छन् । उनीहरुलाई अस्पतालले बुधबार डिस्चार्ज गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित भुल्केका ३ जना र ५ भारतीय जमाती कारोनामुक्त भएका हुन् । ।

भुल्केका ५२ वर्षीय मो.इद्रिस मिया, ४० वर्षीय मो. साविर मियाँ, १८ वर्षीय गुडु आलमले कोरोनालाई जितेका छन् ।त्यसैगरी भारतीय जमाती मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान, ६६ वर्षीय मुस्तकिन र ४० वर्षीय मोहम्मद सनौलाले पनि कोरोनाविरुद्धको संघर्षमा विजय प्राप्त गरेका छन् । उनीहरु पनि भुल्केमै संक्रमित भएका थिए ।

यस अघि त्रियुगा नगरपालिका ३ भुल्केका मुक्तार मिया, रोशना खातुन, इमरान अहमद, परवेज आलम र मो. अजाद यसअघि नै डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज भएका भारतीय जमातीलाई केही दिन विराटनगर–१५ स्थित रानी मरकज क्वारेन्टाइनमा राखिने भएको छ । भुल्केका ३ जनालाई त्रियुगा नगरपालिका ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

उदयपुरमा ३३ संक्रमित मध्ये १० जना अझै उपचाररत छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू