अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

सिङ्गापुरमा ’जूम भिडियो कल’मार्फत मृत्युदण्डको सजाय सुनाइयो

बिआरटीनेपाल २०७७ जेठ ७ गते ८:०१ मा प्रकाशित

सिङ्गापुरको एक अदालतले ’जूम भिडियो कल’मार्फत एक मलेसियाली नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । सिङ्गापुरमा अन्यत्रै बैठक बसेर भिडियोमार्फत मृत्युदण्डको सजाय सुनाइएको यो पहिलो पटक हो । ३७ वर्षीय पुनीथन गेनसानलाई सन् २०११ मा अदालतले हेरोइन तस्करीको आरोपमा दोषी ठहर गरेको थियो । यद्यपि पुनीथन भने तस्करीमा आफ्नो संलग्नतालाई लिएर अस्वीकार गर्दै आइरहेका छन् । उनले अदालतको फैसलाविरुद्ध अपिल गर्ने सक्ने जनाइएको छ ।

न्यायालयमा हुने भिडलाई मध्यनजर गर्दै कैयौँ देशले अदालती कामकारबाही अनलाइनमार्फत गर्ने निर्णय लिएका छन् । सामाजिक प्रतिबन्धलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको हो । यस्तोमा जूम जस्तो भिडियो कलिङ मोबाइल एपको प्रयोगलाई अदालतले पनि बढाएको छ । यही महिनाको सुरुवातमा नाइजेरियामा एक व्यक्तिलाई सन् २०१८ मा भएको एक हत्याको लागि जूमको माध्यमबाट मृत्युदण्डको सजाय सुनाइएको थियो । मानव अधिकारको क्षेत्रमा क्रियाशीले संस्थाले भने यो पैसलालाई ’क्रुर र अमानवीय’ भएको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू