अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

क्रिमसन अस्पताल भन्छ– “कोरोना संक्रमित जीवितै छन्”

बिआरटीनेपाल २०७७ जेठ ७ गते ७:५५ मा प्रकाशित

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले गुल्मीबाट उपचारको लागि ल्याइएको कोरोना भाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ ।

अस्पतालले बुधबार विज्ञप्ति निकालेर गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको जानकारी दिएको छ ।

क्रिमसनमा उपचाररत संक्रमितको विभिन्न सञ्चार माध्यमले मृत्यु भएको भनि समाचार प्रकाशित तथा प्रसारण गरेपछि अस्पतालले त्यसबारे स्पष्ट पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू