अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेकोे संख्या ३ लाख २५ हजार ४ सय ७३ पुग्यो, ५० लाख १२ हजार ५ सय ५ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ ७ गते ७:५३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख २५ हजार ४ सय ७३ पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५० लाख १२ हजार ५ सय ५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १९ लाख ७७ हजार ९३ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९३ हजार ५ सय ६१ , इटालीमा ३२ हजार १ सय ६९, स्पेनमा २७ हजार ७ सय ७८ , फ्रान्समा २८ हजार २२, बेलायतमा ३५ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार १ सय ८३, जर्मनीमा ८ हजार १ सय ९३ , बेल्जियममा ९ हजार १ सय ५०, ब्राजिलमा १७ हजार ९ सय ८३, रसियामा २ हजार ९ सय ७२ र क्यानडामा ५ हजार ९ सय १२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ३ हजार ३ सय १६ , पाकिस्तानमा ९ सय ८५ , बंगलादेशमा ३ सय ८६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ८७, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू