अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

मुलुकभरका क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्री ओलीको निर्देशन

बिआरटीनेपाल २०७७ जेठ ७ गते ७:४७ मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्था सुधार्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा बुधबार पहिलो पटक पुग्नुभएका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई मुलुकमा कोरोनाको अहिलेको अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो । ब्रिफिङपछि निर्देशन दिने क्रममा प्रधानमन्त्रीले देशभर क्वारेन्टाइनको स्थितिबारे चासो देखाउँदै सुधार गर्न निर्देशन दिएको बताईएको छ ।

सो अवसरमा जेठ २० मा लकडाउनको अवधि सकिएपछि सरकारले लिनुपर्ने कदम र भावी रणनीतिबारे पनि छलफल भएको जनाईएको छ । विदेशबाट ल्याउनु पर्ने नागरिकको सम्बन्धमा तयारी थाल्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको बुझिएको छ । कोभिड–१९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले सेन्टरको स्थापना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू